रौतहट : रौतहटमा शिक्षा ऐन बिपरीत अयोग्य व्यक्तिलाई प्रधानाध्यापक पदमा नियुक्ति गरिदै गरेको पाईएको छ ।
राजनीति दलको संरक्षणमा योग्यता नपुगेका शिक्षकहरुलाई प्रधानाध्यापक, बनाएर विद्यालय संचालन गर्ने कार्यले रौतहटको शैक्षिक गुणस्तर खस्किदो अवस्थामा पुगेको हो । चन्द्रपुर नगरपालिका २ स्थित महेन्द्र मावि रैयाटोलमा प्राबि तह द्धितीय श्रेणीकी शिक्षिका कमला थापालाई प्रधानाध्यापक बनाईएको छ । उनी वडाध्यक्ष निकट भएकै कारण प्रधानाध्यापक पदमा नियुक्त छिन ।
उता चन्द्रपुर १ स्थित बागमती मा.विमा समेत प्रावि दरबन्दिभएका डोलहरी नेपाललाई प्रधानाध्यापक बनाईएको छ । उनि कांग्रेस निकट वडाध्क्ष बलराम राउतका निकटत हुन् ।
उता,विृन्दावन नगरपालिका स्थित नेमधारी बासुदेब विद्यालय वृन्दावन नगरपालिकामा नगर प्रमुख बिनोद प्रसाद कुर्मीकै मौखिक आदेशमा अस्थायी अनुदमन कोटाका शिक्षक धर्मेन्द्र सिंहलाई पञ्धानाध्यापक बनाईएको छ । हर्षा ६ स्थित बतहु माबिमा प्राबि तहका शिक्षक उपेन्द्र महतोलाई मावि तहको प्रधानाथ्यापक बनाइएको छ । माध्यमिक तहमा योग्य शिक्षकहरु हुंदा हुंदै पहुंचका आधारमा अयोग्यलाई प्रधानाध्यापक बनाईनुनै जिल्लाको शैक्षिक गुणस्तर घटनुको मुख्य कारण रहेको अधिवक्ता बिपीन प्रसाद गौतमले एक प्रश्नलाई बताए ।
शिक्षा ऐन २०५९ अनुसार प्रधानाध्यापक बन्नको लागी १२ कक्षा सम्म अध्यापन गराउन स्नाकोत्तर उतिर्ण गरी ५ बर्ष सम्म समान पदमा स्थायी नियुक्तिभएकोलाई मात्र प्रधानाध्यापक बनाउनुपर्ने र आधारभुत तहको हकमा कक्षा संचालन भएको विद्यालयमा निमावी तहमा स्थायी भएर ५ बर्ष कटेको हुनुपर्ने स्पष्ट उल्लखे गरिएको छ ।
रौतहटमा शिक्षा ऐनलाई आफनो कार्यकर्ता भर्ती केन्द्र बनाउने देखी शैक्षिक गुणस्तर खस्काउने होडबाजीनै चलेको छ । चन्द्रपुर नगरपालिकाका शिक्षा संयोजक दिपेन्द्र कुमार मण्डलले नगरमा विद्यालय व्यवस्थापन समितिको निर्णयको पत्रानुसार प्रधानाध्यापक नियुक्त हुने गरेको बताए । आवश्यक कागजात पेश भएको आधारमा प्रधानाध्यापक नियुक्त हुने भएकाले नियमसंगत नभएको पाइए कारवाही हुने बताए ।






