May 26, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

उज्वल भविष्यको भरपर्दो गन्तव्य बन्दै लुम्बिनी एकेडेमिक कलेज

२०८३ जेष्ठ १०

700

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (SEE) सफलतापूर्वक उत्तीर्ण गरेपछि अब कुन कलेज रोज्ने भन्ने अन्योलमा रहेका विद्यार्थी तथा अभिभावकको ध्यान अहिले लुम्बिनी एकेडेमिक कलेज तर्फ केन्द्रित हुन थालेको छ ।
काठमाण्डौं चाबहिल, चुच्चेपाटी अवस्थित प्रतिष्ठित शैक्षिक संस्था पछिल्ला वर्षहरूमा उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण, आधुनिक शिक्षण प्रणाली तथा विद्यार्थीमैत्री व्यवस्थापनका कारण राजधानीकै लोकप्रिय +२ कलेजमध्ये एकका रूपमा स्थापित हुँदै गएको हो । कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना खुला गरेको जनाएको छ । सीमित सिट भएकाले अहिलेनै विद्यार्थी तथा अभिभावकको उल्लेखनीय भीड लाग्न थालेको कलेज प्रशासनले एक प्र्रश्नलाई जानकारी दिएको छ ।
अनुभवी तथा दक्ष प्राध्यापक टोलीमार्फत अवधारणामूलक शिक्षण, नियमित मूल्याङ्कन, स्मार्ट कक्षा सञ्चालन तथा बोर्ड परीक्षा केन्द्रित तयारी गराइने भएकाले विद्यार्थीको शैक्षिक क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
“अनुसन्धान र शिक्षालाई एकीकृत गर्दै दक्ष, सक्षम तथा दूरदर्शी शैक्षिक जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा निरन्तर समर्पित रहने” भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको कलेजले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा नभई विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको छ । नियमित प्रस्तुतीकरण, अन्तरक्रिया, गोष्ठी, समूह छलफल, वक्तृत्वकला प्रशिक्षण तथा करियर परामर्श कार्यक्रममार्फत विद्यार्थीलाई आत्मविश्वासी, अनुशासित र प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको कलेजले जनाएको छ ।
विशेषगरी विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको कलेजले प्रयोगात्मक शिक्षालाई उच्च प्राथमिकता दिएको छ । आधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला तथा प्रविधिमैत्री शिक्षण प्रणालीका कारण विद्यार्थीले अध्ययनलाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त गर्ने कलेजको दाबी छ । कम्प्युटर विज्ञान क्षेत्रमा विशेष ध्यान दिइएकाले सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि समेत कलेज आकर्षक गन्तव्य बन्दै गएको छ ।
त्यसैगरी होटल म्यानेजमेन्ट सम्बन्धी अभिमुखीकरण, अवलोकन भ्रमण तथा सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको कलेजले जनाएको छ । विश्वव्यापी रूपमा तीव्र रूपमा विस्तार भइरहेको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै विद्यार्थीलाई व्यवहारिक सीप, सञ्चार क्षमता तथा व्यावसायिक संस्कृतिमा अभ्यस्त बनाउने प्रयास भइरहेको बताइएको छ । शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि कलेज अग्रणी रहेको बताइन्छ ।

(लुम्बिनी एकेडेमिक कलेज)

विभिन्न अन्तरकलेज प्रतियोगिता, वादविवाद, हाजिरीजवाफ, खेलकुद सप्ताह, सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण, नेतृत्व विकास तालिम तथा सामाजिक सचेतना अभियानमा विद्यार्थीको सक्रिय सहभागिता रहने गरेको छ । यसले विद्यार्थीमा नेतृत्व क्षमता, समूहमा काम गर्ने संस्कार तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास कलेज प्रशासनको छ ।
कलेजले अनुशासनलाई आफ्नो प्रमुख पहिचानका रूपमा स्थापित गरेको छ । नियमित हाजिरी अनुगमन, अभिभावकसँग निरन्तर समन्वय, परामर्श प्रणाली तथा शैक्षिक प्रगतिको निरन्तर मूल्याङ्कनका कारण विद्यार्थीको अध्ययनप्रतिको जिम्मेवारी भावना अझ मजबुत हुने गरेको अभिभावकहरूको अनुभव छ । सुरक्षित तथा अध्ययनमैत्री वातावरणका कारण राजधानी बाहिरबाट समेत विद्यार्थी अध्ययनका लागि यहाँ आकर्षित भइरहेका छन् ।
यस वर्ष (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि विशेष छात्रवृत्ति योजना घोषणा गरिएको छ । साथै आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई विभिन्न छात्रवृत्ति तथा शुल्क सहुलियतको व्यवस्था गरिएको क्याम्पसका प्रवन्ध निर्देशक रवीनचन्द्र कोईरालाले जानकारी दिनुभएको छ । कलेज परिसरमा अहिले नयाँ विद्यार्थीको उत्साहजनक चहलपहल देखिन थालेको छ ।
उज्ज्वल भविष्यको सपना बोकेका (SEE) उत्तीर्ण विद्यार्थीका लागि लुम्बिनी एकेडेमिक कलेज अहिले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा आधुनिक शिक्षण पद्धतिको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको धेरैको बुझाइ छ ।