May 25, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भारतको तेलंगाना राज्यमा (लु) लागेर १६ जनाको मृत्यु

फाईल तस्विर ।
२०८३ जेष्ठ १०

995

काठमाडौं : भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ ।
राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार उक्त जानकारी दिएका हुन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।
शनिबार मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका प्रमुख अधिकारी (कलेक्टर) हरूको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै ४ जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए ।
त्यसपछि वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३÷३ जनाको मृत्यु भएको छ । यस्तै, जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १–१ जनाको मृत्यु भएको मन्त्री रेड्डीले बताए ।
राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।