May 25, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

ह्वाइट हाउस नजिकै गोली चल्यो,एक प्रहरीको मृत्यु

२०८३ जेष्ठ १०

210

काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेका बेला शनिबार साँझ ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलेको छ ।
सो घटनामा एक संदिग्धको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकाय सिक्रेट सर्भिसका अनुसार एक व्यक्ति ह्वाइट हाउस नजिक १७ औं स्ट्रिट र पेन्सिल्भेनिया एभिन्युस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए । उनले आफ्नो झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफी फायर गरेको थियो ।
सिक्रेट सर्भिसले जारी गरेको विज्ञप्तिअनुसार गोली लागेर घाइते भएका संदिग्धलाई अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटनाका क्रममा एक सर्वसाधारण पनि गोली लागेर घाइते भएका छन् । तर उनलाई लागेको गोली कसले चलाएको थियो भन्ने अझ स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेको अवस्था पनि खुलाइएको छैन ।