May 25, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एमाले सचिवालय बैठक बस्दै,ओलीले जवाफ दिने

२०८३ जेष्ठ १०

50

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।
शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् । शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।
शुक्रबार र शनिबार बोल्ने अधिकांशले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।