May 24, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जेठ १४ देखि लगातार चार दिन सार्वजनिक बिदा

२०८३ जेष्ठ ९

290

काठमाडौँ : यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले १४ गते पनि बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय, विद्यालयलगायत चार दिन बन्द हुने भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद (ईद–उल–अजहा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
१५ गते शुक्रबार गणतन्त्र दिवसको बिदा छ भने १६ गते शनिबार परेको छ । सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेका कारण १७ गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन् । १३ गतेपछि एकैपटक १८ गते खुल्नेछन् ।