काठमाडौं : नेकपा एमालेको नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीको राजीनामा मागेकी छन् । जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेको बेलामान शाक्यले पनि साथ दिएकी हुन् ।
पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गरेकी छन् ।
उनले भनेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली तपाईँ नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भएको छ । यति बेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ । निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ । पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ ।’
उनले पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ घमन्ड र गुटगत सोच उस्तै रहेको बताइन् ।

