May 24, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एमाले सचिवालय बैठक जारी

२०८३ जेष्ठ ९

215

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओली निवास गुण्डुमा बैठक जारी छ ।
आजको बैठकमा महासचिव शंकर पोखरेल आफ्नो धारणा राख्नेछन् । शुक्रवारको बैठकमा ५ जना उपाध्यक्ष बोलेका थिए ।
पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका थिए । हिजो उपाध्यक्ष रामबहादुर थापा बादल मात्रै ओलीको पक्षमा बोलेका थिए ।
यही बैठकबाट कार्य विभाजन टुङ्ग्याउने ओलीको तयारी छ । तर बहुमत पदाधिकारी ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएपछि दबाबमा परेका छन् ।