May 21, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्रीले सदनलाइ अपमान गरेको आरोप

२०८३ जेष्ठ ७

145

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह सदनलाई छल्ने र अपमान गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ऐन महरले जनमतलाई हुर्मत लिने काम हुँदै छ । त्यसकारण संविधानको धारा ७६ को १० बमोजिम सदनप्रति उत्तरदायी बन्नुपर्छ सरकार, जनताका आवाजहरू सुनुवाइ गर्नुपर्छ र त्यसप्रति जवाफ दिनुपर्छ भन्ने हामीले भनेका थियौँ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा गरिएको व्यवस्थालाई अनदेखा भएको छ ।
प्रतिनिधि सभाको नियमावलीलाई अनदेखा गरेर सदन अगाडि बढ्न नसक्ने अडान सुनाए ।
उनीसहित नेकपा युवराज दुलाल, श्रम संस्कृतिका आरेन राई, राप्रपाकी खुश्वु ओलीले पनि सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राखे ।