May 22, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

फरार १३ जना प्रतिवादी रौतहट प्रहरीको नियन्त्रणमा

२०८३ जेष्ठ ७

270

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीद्धारा जारी प्रेस नोटमा, प्रहरीले विशेष अभियान अन्तर्गत खटिएको टोलीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेर अदालत गौरमा बुझाईएको हो । पक्राउ परेका प्रतिवादी मध्ये चेक अनादर, लुटपाट, चोरी, गाली बेइज्जती तथा कुटपिट लगायत विभिन्न मुद्दाका अभियुक्तहरू रहेका छन् ।
पक्राउ परेकाबाट १६ हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईले बताए ।
त्यस्तै एक जना आर्थिक उपार्जन सम्बन्धी कसुरमा फरार प्रतिवादीलाई ३ महिनाको कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको जानकारी दिए ।
फरार अपराधी नियन्त्रण तथा फैसला कार्यान्वयन अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले बताएका छन् ।