August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बाँदर भगाउने उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्छ : सांसद महावीर पुन

२०८३ जेष्ठ ७

465

काठमाण्डौं : प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
त्यसका लागि ५/७ करोड बजेट व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
सांसदहरूले बाँदर आतंक रहेको भन्दै हटाउन सरकारसँग माग गरिरहेका छन् । एमाले सांसद राजेन्द्र राईले बाँदर हटाउन एक साताको अल्टिमेटमसमेत दिएका थिए ।
त्यसतर्फ लक्ष्य गर्दै स्वतन्त्र सांसद महावीर पुनले संसदमा कराएर बाँदर नभाग्ने बताए ।
‘बाँदर आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ, संसदमा कराएर केही हुँदैन । यहाँ धेरै सांसदहरू कराएको देखियो,’ उनले भने, ‘बाँदरलाई कसरी हटाउने, बरू रकेट बनाउन सजिलो छ, प्रविधि छ । तर बाँदरलाई धपाउने प्रविधि संसारभर मैले खोजेको हो, उपाय छैन । यसका लागि पाँच/सात करोड बजेट अनुसन्धानमा खर्च गर्नुपर्छ ।’
अहिलेको सरकारले बाँदर भगाउन अनुसन्धान गर्न टिम बनाउन लागेको आफूले जानकारी पाएको पनि उनले बताए ।