May 19, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नेकपा एमालेको सचिवालय बैठक बस्दै

२०८३ जेष्ठ ४

490

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा रहेको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीका अनुसार यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।
पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।
एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिने तयारी छ ।
केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँटको तयारी छ ।
आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ ।