रौतहट : गौतम बन्धु राष्ट्रिय समाज रौतहट जिल्ला समन्वय समितिको अध्यक्षमा सुमन गौतम निर्विरोध चयन भएका छन् ।
रौतहटको चन्द्रपुरमा सम्पन्न गौतम बन्धुहरुको भेलाले नयाँ कार्यसमिति गठन गर्दै विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष सुमन गौतमले समाजलाई अझ सशक्त, संगठित र सक्रिय बनाउँदै गौतम समुदायबीच आपसी एकता, सहकार्य तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शिक्षा, सामाजिक चेतना, संस्कार संरक्षण तथा समुदायको हकहितका विषयमा संस्थाले प्रभावकारी भूमिका खेल्ने बताए ।
समितिको उपाध्यक्षमा माधव गौतम, सचिवमा वलराम प्रसाद गौतम तथा कोषाध्यक्षमा मुना गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन गौतम, छविलाल गौतम, यज्ञ प्रसाद गौतम, अशोक गौतम, रुद्र प्रसाद गौतम, पूर्ण कुमारी गौतम तथा झूलनाथ गौतम चयन भएको भेलाले जानकारी दिएको छ ।

