September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री शाह सांसदका प्रश्नको जवाफ दिन बैठकमै नजाने

२०८३ बैशाख ३०

500

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधि सभा बैठकमा नजाने भएका छन् ।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो ।
प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गरेका छैनन्, नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको यो सम्भवतः पहिलो पटक हो ।