September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

चीन भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प

२०८३ बैशाख ३०

275

काठमाडौं : अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गरेका छन् । त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन् ।
ट्रम्पले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विस्तृत छलफल गरिने बताए । ट्रम्पले भनेका छन्, ‘हामीसँग छलफल गर्न धेरै कुरा छन् । स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो एजेन्डामा छैन, किनभने इरान पहिले नै हाम्रो नियन्त्रणमा छ ।’
चेतावनी दोहोर्याउँदै उनले थपे, ‘या त हामी सम्झौतामा पुग्नेछौँ, नत्र उनीहरू (इरान) नष्ट हुनेछन् ।’
चीनको विदेश मन्त्रालयले यसअघि नै ट्रम्प आज मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जानकारी गराइसकेको छ । झन्डै ९ वर्षपछि अमेरिकाका राष्ट्रपति चीन भ्रमणमा निस्केका हुन् ।