September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जनता सरकारबाटै असुरक्षाको महशुस गरिरहेको छ : सांसद राई

२०८३ बैशाख २९

320

काठमाडौं : प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महशुस गरिरहेको टिप्पणी गरेका छन् ।
मंगलवार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहको विगतमा जस्तै आलोचना गर्दै संसदलाई सम्बोधन गर्न पर्छ कि पर्दैन ? भनि प्रश्न गरे ।
उनले प्रधानमन्त्री शाह जनताको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र अक्षम बन्नु भएको हो ? जिज्ञासासमेत राखेका छन् ।
अध्यक्ष राईले प्रधानमन्त्री शाहले जनताको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने भन्दै सरकारलाई सफल भन्न नमिल्ने तर्क समेत गरे । अध्यक्ष राईले जनता सरकारसँग डराउनुपर्ने अवस्थालाई लोकतन्त्र भन्न नमिल्ने भन्दै आपत्ति समेत जनाए ।