काठमाडौं : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन किन गरिएन भनि सरकारलाई सोधेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारको आरोपमा अरुलाई खेद्ने तर तत्कालीन गृहमन्त्रीमाथि छानबिन नगर्ने कस्तो सुशासन हो भनि प्रश्न गरे ।
“अरुलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदम खेदाइ गर्ने तर आफ्नै तत्कालिन गृहमन्त्रीमाथि लागेको संगीन आरोपको कुनै छानबिन नै नगर्ने कस्तो सुशासन हो ?,” उनले भने ,“तत्कालिन गृहमन्त्रीमाथिको आरोपको निष्पक्ष छानिबन गर्न किन हिच्किचाएको सरकार ?”
उनले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले लोकतन्त्र बन्द कोठाको विषय नभएको उनको भनाइ छ ।
“हामी अध्यादेशको पहिरो लागेको भीरको डिलमा उभिन पुगेका छौं । यो अस्वभाविक शासन शैलीको हाम्रो पार्टी समर्थन गर्न सक्दैन,” उनले भने ।
उनले सुकुम्बासी बस्तीको डोजरप्रति मानिसहरुलाई आतंकित पारेर जनतालाई बोल्नै नदिइएको बताए । नागरिकप्रति अभिभावक बन्नुपर्ने सरकार यमदुत जस्तो बन्न नहुने स्पष्ट पारे । उनले संगठित हुने हठात डोजर चलाइएको बताए ।






