काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ ।
सामाजिक सञ्जालमा पार्टीविरुद्ध बोलेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ ।
शनिवारदेखि सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थल अनुपयुक्त भएको भन्दै उनले स्टाटस लेखेकी थिइन् ।
जावलाखेलको स्टाफ कलेजमा प्रशिक्षण कार्यक्रम सुरू भएको छ । उनले फाइडस्टार होटल वा हल सापटी लिएर गर्नु भन्दा सिंहदरबारमै कार्यक्रम गर्नु राम्रो भएको भन्दै अभिव्यक्ति दिएकी थिइन् ।
उनले लेखेकी छिन् : –
‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभस्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला, सिंहदरबारमा त्यस्ता सभा हल कति छन् कति, बाहिर किन? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ? सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा? अरु दिन चाहिँ पर्दैन? हामी आफैँ परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’






