September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पूर्वप्रधानमन्त्री सुशीलाको आक्रोश :अब बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

२०८३ बैशाख २७

290

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डाक्टर मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।
उनले परिषद्ले एक नम्बर वरीयतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफारिस नगरेर सरकारले गम्भीर गल्ती गरेको बताउँदै आएकी छिन् ।
यसैबीच शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् । उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाएका थिए ।
उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’
साहले ‘मैले भनेको’ भन्छन् । यसैबीच कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यौ
लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै माइक उनीतर्फ सोझ्याउँछन् ।
उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गर्छिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब । ’
साहले फेरि ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिंड्छिन् । सोही कार्यक्रमबाट निस्किने क्रममा कामु प्रधानन्यायाधीश प्रधानले अदालतलाई सरकारले नियन्त्रणमा लिने प्रयास भइरहेको बताइन् ।