August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

हर्कले भित्र्याए सुदन

२०८३ बैशाख २६

210

काठमाडौं : पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन् ।
वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ ।
किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् । सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन् ।
जेनजी आन्दोलनपश्चात प्रचण्डले माधव नेपालसहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै उनी जनार्दन शर्मासहित प्रलोपामा लागेका थिए ।