September 6, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सीआईबीद्धारा स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

२०८३ बैशाख २२

175

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई सोमबार काठमाडौँ महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरेको हो । स्मार्ट टेलिकम प्रा.लि.ले आफ्नो आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (लाइसेन्स)नियमानुसार नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को प्रावधान अनुसार २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
लाइसेन्स खारेज भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ बमोजिम स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो ।
यसरी पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रणमा आइसकेको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुट्ने (गुम्ने) उद्देश्यका साथ कार्य गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठले बताए । पक्राउ परेका जोशीमाथि हाल सीआईबीले ठगी तथा आपराधिक विश्वासघात कसुरमा थप अनुसन्धान गरिरहेको छ ।