August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

महाधिवेशन समयमा गर्न नसक्ने भ्रातृ संघहरू कांग्रेसद्वारा विघटन

२०८३ बैशाख २१

250

काठमाडौं : नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसकेका भ्रातृ संघहरूलाई विघटन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसक्ने र अधिवेशनको आधार समेत नदेखिएका भ्रातृ संघका केन्द्रीय समितिहरू विघटन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
पार्टीले यसअघि तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न अल्टिमेटम दिएको थियो । पछि, २०८२ असार १६ देखि २३ सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिका प्रस्तुत गरेका संघहरूको हकमा मात्र समयावधि थप गरेको थियो । तर, निर्देशक समितिले सहजीकरण गर्दा समेत अधिकांश संघले कार्यतालिका पालना नगरेको र अधिवेशन गर्ने ठोस आधार नदेखिएको कांग्रेसले जनाएको छ ।
चालिसेले महाधिवेशन हुन नसकेका भ्रातृ संघहरूको सम्बन्धमा अब नयाँ व्यवस्था गर्ने जिम्मा पार्टी सभापति गगन थापालाई दिइएको बताए ।