August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिश गर्ने सरकारको निर्णय

२०८३ बैशाख २१

465

काठमाण्डौं : राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारले पुनः सिफारिस गर्ने भएको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताको तस्तै अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधानको मर्म र बहुमतीय प्रणालीविपरीत भएको भन्दै राष्ट्रपति पौडेलले आइतबार अध्यादेश फिर्ता गरिदिएका थिए ।
भोलिपल्टै सरकारले जस्ताको तस्तै फेरि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको हो । सरकारले सिफारिश गरेको अध्यादेशमा ६ सदस्यमध्ये ४ जनामात्र उपस्थित हुँदा पनि गणपूरक संख्या पुग्ने र ३ जनाले बहुमतका आधारमा निर्णय गर्न सक्ने विषय समावेश छ ।