काठमाडौँ : सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले आइतबार बम्जनलाई सफाइ दिएको हो ।
अदालतले गत वैशाख ८ गते बम्जनमाथि लगाइएको अभियोग नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० पुस १४ मा बम्जनलाई बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो।
त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।

