August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका फिर्ता

२०८३ बैशाख २०

500

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् ।
उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्नुपर्नाकै कारण देखाएर अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका हुन् । यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले आठवटामध्ये सातवटा अध्यादेश जारी गरेका छन् ।
उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।
राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता गरेका छन् ।