April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री बालेनबिरुद्ध संसद्मा उठ्यो प्रश्न

२०८२ चैत्र २५

30

काठमाडौं : नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका मात्रै कुरा सुनेको भन्दै आपत्ति जनाइन् । ’’प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिनुभएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित माननीयहरू उक्त अवसरबाट किन वञ्चित ?’’ उनको प्रश्न छ ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमन्त्री रमेश लेखकको रिहाको माग समेत गरेकी छिन् ।