April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

काँकडभिट्टाबाट २४ बिचौलिया प्रहरी नियन्त्रणमा

२०८२ चैत्र २४

330

झापा : काँकडभिट्टा पूर्वीनाकामा यात्रु तानातान गरिरहेका २४ बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दुरीका यातायातका साधनमा चढाउन, होटेलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।