April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आदेशको तयारी

२०८२ चैत्र २३

295

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सरकारी वकिल र रिट निवेदक दुवैतर्फबाट बहस सकिएसँगै आदेश लेखनको तयारी भइरहेको छ ।
रिट निवेदकतर्फबाट पनि जवाफी बहस सकिएपछि आदेशको तयारी भएको हो । बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार (चैत २२) बाट सुनुवाइ सुरु भएको थियो ।
सोमबार सरकारको प्रतिरक्षामा नायव महान्यायाधिवक्ताहरू संजीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता शान्ति न्यौपानेले बहस गरेका थिए ।