रौतहट : मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट एक जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने एक जना बिचौलियालाइ ईलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई विभिन्न समयमा बाहना पारेर ठगी गर्दै आएका कटहरीया नगरपालिका वडा नम्बर ०९ बस्ने २४ बर्षीय रितेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा दिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रुपा लाबुङ्ले जानकारी दिएकी छिन् ।
उनले लामो समयदेखि मालपोत कार्यालय वरिपरि सकृय रहेका यी व्यक्तिहरूले सर्वसाधारणलाई दुःख दिँदै आएको गुनासो बढेपछि प्रहरी सक्रियता बढाएको बताईन् ।
प्रहरीका अनुसार नियन्त्रणमा रहेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

