रौतहट : रौतहट प्रहरीले साईबर बुलिङ प्रकरणमा एक जना युवकलाई पक्राउ गरेको छ ।
शनिवार प्रहरीले केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत भएको साइबर बुलिङ प्रकरणमा रौतहटको गुजरा नगरपालिका – ९ दयालपुरका २६ बर्षिय अभिषेक चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ । यो प्रकरण अमिषा पराजुलीले दिएको उजुरीसँग सम्बन्धित रहेको बताइएको छ ।
पराजुलीले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गर्दै साइबर बुलिङ भएको आरोप लगाएकी थिइन् । उनले सो सम्बन्धमा प्रमाणसहित साइबर ब्यूरो भोटाहिटी काठमाण्डौंमा उजुरी दर्ता गराएकी थिइन् ।
प्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एकालेका अध्यक्ष ओलीलाई पक्राउ गरेपछि उनको रिहाइको लागि प्रदर्शन गर्न सडकमा उत्रिएकी पराजुलीलाई सामाजिक सञ्जालमा साइबर बुलिङ गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइने प्रहरी श्रोतले जनाएको छ ।
पक्राउ परेका अभिषेक चौधरी :-






