April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रवि र ज्ञानेन्द्रबिच भेटवार्ता : के भयो छलफल ?

२०८२ चैत्र २१

335

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबिच शनिबार भेटघाट भएको छ । लामिछानेको निजी निवासमा करिब एक घण्टा लामो संवाद भएको हो ।
प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबिचको यो भेटलाई अर्थपूर्ण मानिएको छ । भेटघाटको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ ।
रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता छ । यही कारणले गर्दा रास्वपाले सत्ता पक्षभन्दा बाहिरका दलहरूसँग सहकार्य गर्नुपर्ने स्थिति छ ।