दिपु मिश्र
रौतहट : नापी कार्यालय चन्द्रनिगाहपुरले अनधिकृत (बिचौलिया) व्यक्तिहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
बिहीवार एक परिपत्र सार्वजनिक गर्दे नापी कार्यालय चन्द्रनिगाहपुरले अनधिकृत (बिचौलिया) व्यक्तिहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । नेपाल सरकार भुमि व्यस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी बिभाग योजना तथा प्रशासन शाखाको प.सं. ३/१/२०८२/०८३ र च.नं. ३८७ मिति २०८२/१२/१८ गतेको पत्रअनुसार बिचौलियालाई कार्यालय प्रबेशमा रोक लगाएको नापी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख क्रान्ति साहले जानकारी दिएका छन ।
सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन कार्यालयमा बिचौलियालाई प्रवेशमा रोक लगाईएको नापी कार्यालयले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ । साथै अनधिकृत व्यक्तिहरुलाई सरकारी अभिलेख कागजातमा पहुच नदिन तथा जोकोही व्यक्ति कार्यालयमा प्रवेश गर्दा निवेदन वा कागजात देखाए मात्र सम्बन्धित व्यक्तिलाई नापी कार्यालयको हाता भित्र प्रवेश गरिने सो कार्यालयका सुचना अधिकारी विनय कुमार यादवले बताएका छन् ।
पत्र हेर्नुहोस् :

