रौतहट : रौतहटमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका–७ स्थित धरमपुर–धनाडी सडकखण्ड अन्तर्गत नहरको बाटोमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको हो । धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको थियो ।
दुर्घटनामा ट्रयाक्टरको इन्जिनले थिचिएर चालक गौर नगरपालिका–६, सबगढाका २८ वर्षीय रञ्जित साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख (प्रहरी निरीक्षक) राजेन्द्र थापा मगरले जानकारी दिएका छन् ।

