April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

इरान युद्धका कारण कन्डम उद्योगमा असार,मुल्य बढ्ने

२०८२ चैत्र २०

105

काठमाण्डौं : इरान युद्धले कन्डम उद्योगलाई पनि असर गर्ने भएको छ । कन्डम उत्पादनमा प्रयोग हुने अमोनिया र सिलिकन तेलको आपूर्तिमा अवरोधका कारण मूल्य वृद्धिबारे छलफल शुरू भएको बीबीसीले जनाएको छ । यसले खुद्रा बिक्रीमा असर पार्ने समाचारमा उल्लेख छ ।
अमोनियाको मूल्य ४०–५० प्रतिशतले बढ्न सक्छ, जसले गर्दा सिलिकन तेलको मूल्य पनि बढ्न सक्ने समाचारमा उल्लेख छ ।
अमोनिया लेटेक्सलाई स्थिर बनाउन र अतिरिक्त प्रोटिन हटाउन प्रयोग गरिन्छ । सिलिकन तेलको कोटिंगले कन्डममा लुब्रिकेन्टको रूपमा काम गर्छ ।
कन्डम उद्योगमा अनिश्चितता सामान्य औषधि क्षेत्रमा पनि देखिन्छ । यो क्षेत्रले दुई प्रकारका चुनौतीहरूको सामना गरिरहेको छ ।