September 5, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आजै पक्राउ, भट्टविरुद्ध १० दिन म्याद थप

फाईल तस्विर ।
२०८२ चैत्र १९

230

काठमाडौं : सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।
यही चैत १७ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।
यही प्रकरणमा भट्टलाई प्रहरीले आज बिहीबार पक्राउ गरेको हो ।