काठमाडौँ : सरकारले सार्वजनिक खरिदका सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रसारण गर्न तीनै तहका सरकारी निकायलाई परिपत्र गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संघीय सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेश र सबै स्थानीय तहलाई गरेको परिपत्रमा सार्वजनिक खरिदका सूचना प्रकाशन प्रसारणमा कडाइ गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाले गरेको परिपत्रमा सचिवस्तरीय निर्णय भएको उल्लेख गरिएको छ ।
परिपत्रमा भनिएको छ, ‘सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूको प्रवद्र्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायमा देहायबमोजिम गर्नु\गराउनु हुन यसै कार्यालयको मिति २०८२\१२\१८ को निर्णयानुसार (सचिवस्तर) अनुरोध छ ।’
परिपत्रमा सार्वजनिक निकायबाट सार्वजनिक खरिदलगायतका सूचना गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी एवं सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न भनिएको छ ।
यस्तो छ परिपत्र :

