August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कांग्रेसले कारबाही गर्ने भएपछि पूर्णबहादुरले रोके भेला

फाईल तस्विर ।
२०८२ चैत्र १९

240

काठमाडौं : नेपाली कांग्रेसले समानान्तर गतिविधि र पार्टी लेटरप्याडको दुरुपयोग गरेको भन्दै पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएपछि जिल्ला सभापतिको भेला स्थगित भएको छ ।
विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो । नेता खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । अनौपचारिक बैठक मंगलबार र बुधबार चलेको थियो । बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् ।
संस्थापनइतर समूहले बिहीबार जिल्ला सभापतिहरूको भेला बोलाएको थियो । इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि जिल्ला सभापति भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी एक नेताले बताए ।
इतर पक्षले चैत २२ गते सर्वोच्च अदालतले गर्ने कांग्रेस आधिकारिकताको विषयमा जे आदेश दिन्छ त्यसलाई स्वीकार गरेर जाने निर्णय गरेको छ । देउवा पक्ष अदालतले आफूलाई आधिकारिकता दिनेमा विश्वस्त देखिएको छ ।