September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पूर्वप्रधानमन्त्री ओलीको पिसाबमा संक्रमण, थप रिपोर्ट आउन बाँकी

फाईल तस्विर ।
२०८२ चैत्र १९

260

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
गत शनिबार पक्राउपछि ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
‘एनेक्स–१’को शय्या नम्बर ५०१ मा उनको २४सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
उनलाई पिसाबमा इन्फेक्सन देखिएको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार उनको युरिनको थप रिपोर्ट आउन बाँकी रहेको छ ।
ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको छ ।
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली मानसिक रूपमा तयार भएपछि केही दिनमा शल्यक्रिया गरिने रोस्यालले जानकारी दिए । उनका अनुसार, केही दिन हेरेर मात्र शल्यक्रियाको निर्णय लिइनेछ ।