August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एसईई आजबाट सुरु,५ लाख बढि परीक्षार्थी सहभागी

२०८२ चैत्र १९

360

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको हो । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षा तालिकाअनुसार चैत २९ गते परीक्षा सकिने छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार यो वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी छन् । नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र आंशिकतर्फ ७ हजार ८ सय ५५ परीक्षार्थी रहेका उनले जनाएकी छन् ।
त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३ सय १२ र आंशिकमा २ सय ६४ गरी १६ हजार ५ सय ७६ जना परीक्षार्थी रहेका मरासिनीले बताइन् ।
यो वर्ष नयाँ अभ्यासको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार १ महिनामै परीक्षाफल सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।