काठमाण्डौं : जेनजी आन्दोलनबाट उदाएका युवा जेम्स कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिवमा नियुक्त भएका छन् ।
काठमाडौं महानगरपालिका–३१ निवासी कार्की भदौं २३ र २४ मा भएको जेनजी आन्दोलन देखि निरन्तर रुपमा युवाको नेतृत्व गर्दै निष्पक्ष रूपमा काम गर्दै आइरहदा नयाँ जिम्मेवारी पाएका हुन् । देश र जनताप्रति पूर्ण रूपमा वफादार रहने प्रतिबद्धता व्यक्त गर्दै आएका कार्कीले आफ्नो सक्रियता, नेतृत्व क्षमता र कार्यशैलीका कारण यो महत्वपूर्ण जिम्मेवारी पाएको बताइएको छ ।
उनले झापा–५ मा भएको चुनाव प्रचार–प्रसारमा समेत अग्रसर भूमिका निर्वाह गरेका थिए । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा काम गरेर प्रशासनिक तथा राजनीतिक अनुभव हासिल गरेका कार्कीलाई दक्ष, ऊर्जाशील र परिणाममुखी युवा रूपमा हेरिएको छ ।






