जनकपुरधाम : Global Money Week – २०२६’ को अवसरमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले नगराईन नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
आज आईतबार एक कार्याक्रमको आयोजना गरी सन् २०१२ देखि Organisation for Economic Co–operation and Development (OECD) को संयोजनमा सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको छ । अभियानले वित्तीय ज्ञान, सीप र सकारात्मक वित्तीय व्यवहार विकासमार्फत जिम्मेवार आर्थिक निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रमको प्रमुख अतिथी नगराईन नगरपालिकाकी उप मेयर राधा यादवले सो संस्थाले ग्रामिण क्षेत्रमा महिला दिदिवहिनिहरुलाई बिना धितो तथा धितो लिई व्यवसाय गर्नका लागि सहज र पारदर्शिता ढङ्गबाट कारोवार भएको र यस्ता कार्यक्रम अझ विस्तार गर्नुपर्ने बताईन् ।
वित्तीय साक्षता सम्बन्धी अनुगमन विभाग प्रमुख यतिराज पौडेलले युवा र लघुवित्तका सदस्यहरूले कसरी सुरक्षित रूपमा बचत गर्ने, फजुल खर्च नियन्त्रण गर्ने र डिजिटल बैंकिङका माध्यमबाट हुने ठगीबाट कसरी जोगिने, कर्जाको सदुपयोग गरि उदेश्य अनुसार खर्च गर्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी दिएका थिए ।
कार्याक्रमका मधेस प्रदेशका प्रदेश प्रमुख श्रीभद्र पौडेल, अनुगमन अधिकृत सुदिप ढकाल र इलाका प्रहरि कार्यालय जटहिको प्रतिनिधि सहायक प्रहरि निरिक्षक धर्मेन्द्र रायको लगायतको सहभागीता रहेको थियो ।






