August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

करेन्ट लागेर ८४ बर्षीय वृद्धाको मृत्यु

प्रतीकात्मक तस्बिर l
२०८२ चैत्र ८

405

रौतहट : चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा आइतबार करेन्ट लागेर वृद्धाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक चौधरी छोरी ज्वाई लाल बिहारी चौधरीको घरमा बस्दै आएकी थिइन् ।
मोटर जोडेको धारामा पानी भर्न जाँदा करेन्ट लागेर घाइते भएकी उनको चन्द्रनीगाहपुरस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । उनको शव पोस्टमार्टमपश्चात् निजको छोरा जोखन चौधरीले बुझेको लाबुङले जानकारी दिइन् ।