दिपु कुमार मिश्र
रौतहट : रौतहटमा मिटरब्याजी विरुद्ध विभिन्न स्थानमा आन्दोलन सुरु गरिएको छ ।
साहु महाजनले सर्वसाधारणलाई शोषण गरिएको आरोप लगाउँदै आन्दोलनकारीहरूले आइतबार चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन मार्फत गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका छन् । आन्दोलनमा सहभागी किसान तथा मजदुरहरूले मिटरब्याजी प्रथाका कारण आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताउदै पत्रकार सम्मेलन गरेका हुन ।
“सानो रकम ऋण लिँदा पनि अत्याधिक ब्याज तिर्नुपर्ने बाध्यता रहेको छ, जसका कारण धेरैले आफ्नो जग्गा–जमिन समेत गुमाउनुपरेको अवस्था रहेको छ,मिटरब्याज पिडित नारायण घिमिरे भन्छन–साहु–महाजनमाथि कडा कानुनी कारबाही गर्न हुनुपर्छ ।“ नभए हामी मर्नेनै भयौ ।
पीडितहरूको ऋण पुनर्संरचना तथा राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै “मिटरब्याजी विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड)” का तर्फबाट ६ बुँदे मागपत्र समेत सार्वजनिक गरेका छन्।
चन्द्रनिगाहपुरका साहुकार रामबाबू प्रसाद कलवारबाट पिडित
नारायण घिमिरे,अर्जुन फुयाल र रामबाबु महतो सुढिले आफुहरु ब्याज तिर्दा तिर्दा सडकमा आईसक्दा समेत ऋण नसदेको बताउछ्न । “मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण जाली तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा फर्जी चेकहरू मन्त्रिपरिषद् स्तरबाट अवैध घोषणा गरी खारेज गर्नुपर्ने पिडितहरुको माग छ ।
पीडितमैत्री ‘मिटरब्याज विरुद्ध न्यायाधिकरण’ गठन गरी मुद्दाहरू स्थगित गर्नुपर्ने तथा जेलमा रहेका पीडितहरूलाई रिहा गर्नुपर्ने, साहु–महाजनले अवैध रूपमा जोडेको सम्पत्तिको छानबिन गर्नुपर्ने,हडपिएको चल–अचल सम्पत्ति फिर्ता गराउनुका साथै हिंसा तथा दुव्र्यवहारका घटनामा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने पिडितहरुले बताए । साना व्यवसायी तथा उद्यमीहरूका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याई न्यायपूर्ण आर्थिक कारोबारको वातावरण निर्माण गर्नुपर्ने,आन्दोलनकारीहरूले स्थानीय प्रशासनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाउने पीडितहरुको चेतावनी छ ।






