April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पोखरा विमानस्थलमा ४६ करोड १५ लाख भ्रष्टाचार

फाईल तस्विर ।
२०८२ चैत्र ८

280

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले भ्रष्टाचारको अभियोगमा उनीहरूसँग बिगो र सजायको मागदाबी गर्दै आइतबार (फागुन ८) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अभियोगपत्रअनुसार, तत्कालीन महानिर्देशक अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन आयोजना उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन अधिकृत राजाराम चौधरी, अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीका नेपालस्थित परामर्शदाता यमबहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडीविरुद्ध ४६ करोड १५ लाख रुपैयाँ बराबर भ्रष्टाचारको बिगो दाबी गरिएको छ ।
अख्तियारले प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, उपमहानिर्देशक महेन्द्रसिंह रावल, निर्देशक ध्रुवदास भोछिभोया, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, आयोजना प्रमुख विनेश मुनंकर्मी, तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत, प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत सबिन फुयाललाई भ्रष्टाचारमा प्रतिबादी बनाइएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना भराउन अख्तियारको माग छ । साथै, सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपर हुन साथै, सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।
अख्तियारले प्राधिकरणका तत्कालीन उपमहानिर्देशक रावल, तत्कालीन आयोजना निर्देशक पौडेल, लेखा अधिकृत सैंजु, नेपाल तथा फुयालसहितलाई आठ करोड ९५ लाख दुई हजार ७८० रुपैयाँ भ्रष्टाचारको बिगो कायम गरिएको छ । तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठलाई ६ करोड ७३ लाख ९२ हजार ६४८ रुपैयाँ भ्रष्टाचारको विगो दाबी छ ।