नवलपरासी : बुटवल–नारायणगढ सडकखण्ड अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेखण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो । सडकखण्ड शुक्रबार (चैत ६)देखि अवरुद्ध छ ।
वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी युवराज खड्काले बताए ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीचबाटोमै फसिरहेको उनले जानकारी दिए ।






