August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जिल्ला ट्राफिक प्रहरीले गर्यो ३५ सवारी साधनको यान्त्रिक परिक्षण

२०८२ चैत्र ७

240

रौतहट : जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ३५ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको छ ।
शनिबार चन्द्रपुर चार स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला ट्राफिक कार्यालय र यातायात व्यवस्था कार्यालय गौरको संयुक्त आयोजनामा राजमार्गमा चल्ने ३५ वटा सार्वजनिक सवारी साधन (बस, ट्रक, टाटा सुमो, ईभीगाडी) को यान्त्रिक परिक्षण गरेको हो । यातायात व्यवस्था कार्यालय गौरका मेकानिकल सुपरभाईजर अनिष साह तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको कमाण्डमा ७ जना लगायतको प्राविधिक टोलीले सार्वजनिक सवारी साधनको यान्त्रिक परिक्षण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिएका छन् ।


उनले यान्त्रिक परिक्षण गरी समस्या रहेको सवारी साधनहरुलाई आवश्यक मर्मत तथा सर्भिसिङ्ग गर्न सुझाव दिएको बताए । यान्त्रिक परिक्षण गराई सवारी चलाएमा सवारी दुर्घटना हुनबाट बच्न सक्ने साथै क्षति समेत कम हुने चालकहरुलाई सुझाव दिएका थिए ।
लामो रुटमा चल्ने सवारी साधनमा केही फल्ट हुन सक्ने भएकाले परीक्षण पश्चात् सवारी गुडाउँदा बाटोमा सवारी बिग्रिने र यात्रुले अनावश्यक दुःख झेल्नु पर्ने, दुर्घटनाबाट सयौँले अकालमै ज्यान गुमाउनु पर्ने जस्ता समस्या परीक्षणबाट हट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।