April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बक्स अफिसमा ’धुरन्धर २’ को भुकम्प, ३ दिनमै २५० करोड

२०८२ चैत्र ७

110

मुम्बई : आदित्य धर निर्देशित स्पाइ थ्रिलर चलचित्र ’धुरन्धरः द रिभेन्ज’ ले भारतीय बक्स अफिसमा अभूतपूर्व कब्जा जमाएको छ । रिलिज पूर्व नै उच्च प्रतीक्षामा रहेको यस चलचित्रले प्रदर्शनको सुरुवाती दिनमै बक्स अफिसका पुराना रेकर्डहरू ध्वस्त पार्दै नयाँ इतिहास रच्न सफल भएको हो । ओपनिङमै धमाकाः २ दिनमै २०० करोड क्लबमा
’धुरन्धर २’ को व्यापारिक यात्रा ’पेड प्रिभ्यु’ बाटै सुखद देखिएको थियो । मार्च १८ मा आयोजित पेड प्रिभ्युबाटै ४३ करोड रुपैयाँ बटुलेको यस चलचित्रले रिलिजको पहिलो दिन (मार्च १९) भारतीय बक्स अफिसमा १०२.५५ करोड को ऐतिहासिक ओपनिङ ग¥यो । योसँगै रणवीर सिंह भारतीय सिनेमा इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गर्ने स्टारहरूको सूचीमा अग्रपंक्तिमा उभिएका छन् ।
दोस्रो दिन (मार्च २०) पनि चलचित्रको क्रेजमा कुनै कमी आएन । उक्त दिन चलचित्रले ८०.७२ करोड को बम्पर कलेक्सन गरेपछि भारतमा मात्रै यसको दुई दिनको कुल नेट कमाइ २२६.२७ करोड पुगेको छ ।