September 5, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बसको ठक्करबाट दुई भारतीयको मृत्यु

प्रतीकात्मक तस्बिर
२०८२ चैत्र ७

160

काठमाडौं : बसको ठक्करबाट काठमाडौंमा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार भारतीय नागरिक ‍४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको गएराति राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु ओमजनता यातायातको बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
प्रहरी उपरीक्षक सुवेदीले घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।