April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

इरानले दियो यूएईमा हमला गर्ने धम्की

फाइल तस्बिर ।
२०८२ चैत्र ७

105

युएई : इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल–खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ । फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो ।
सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्– ’अबू मुसा र ग्रेटर टुनब टापुहरूमा हुने कुनै पनि नयाँ आक्रामकताको जवाफ यूएईको उक्त सहरमा हमला गरेर दिइनेछ ।’
यद्यपि, उक्त सन्देशमा ’आक्रामकता’कस्तो प्रकारको हुनेछ भन्नेबारे स्पष्ट पारिएको छैन । विगत दशकौँदेखि यी दुवै टापुहरू इरानको कब्जामा छन् । रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने फारसको खाडीमा अवस्थित यी टापुहरूमाथि यूएईले पनि आफ्नो दाबी गर्दै आएको छ ।