काठमाडौं : चीनले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा नेपालाई बधाई दिएको छ ।
निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको रास्वपालाई बधाई ज्ञापन गर्दै चीनले द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन नेपालसँग काम गर्न तयार रहेको जनाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले नेपालको संघीय संसद निर्वाचन सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दछ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालको प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेकोमा बधाई ज्ञापन गर्दछ ।’
परम्परागत मित्रता र व्यावहारिक सहयोगलाई गहिरो बनाउन पनि नेपालसँग काम गर्न तयार रहेको चीनको भनाइ छ ।
चीनले भनेको छ, ‘परम्परागत मित्रतालाई अगाडि बढाउन, व्यावहारिक सहयोगलाई गहिरो बनाउन र द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन चीन नेपालसँग काम गर्न तयार छ ।’

